२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

छैठौँ मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ९ लाई

कपिलवस्तु नगरपालिकामा सम्पन्न छैठौँ मेयर कप क्रिकेटको उपाधि वडा नम्बर ९ ले जितेको छ।

निकै रोमाञ्चक टि ट्वान्टी म्याचमा वडा नम्बर १ लाई १ विकेटले हराउँदै वडा नम्बर ९ ले उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै उसले ५० हजार नगद सहित मेयर कप उचालेको छ। यस्तै उप विजेता वडा नम्बर १ ले ३० हजार नगद र उप विजेता कप प्राप्त गरेको छ।

टस जितेर पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर १ ले दिएको १ सय ११ रनको लक्ष्यलाई ९ विकेटको क्षतिमा वडा नम्बर ९ ले सो लक्ष्य पार गरेको हो। वडा नम्बर १ ले १९ दशमलव ३ विकेटको क्षतिमा १ सय १० रनमा सबै विकेट गुमायो।

प्रतिउत्तरमा वडा नम्बर ९ ले ९ विकेटको क्षतिमा १ सय ११ रन बनायो। वडा नम्बर ९ का प्रभु थारुले ३ विकेट लिँदै २४ रन बटुले। उनी म्यान अफ द म्याच घोषित भए। वडा नम्बर ९ का असफाक अहमदले ५ विकेट लिए। वडा नम्बर १ का नितेश तिवारीले २३ रन बनाए।

यस्तै वडा नम्बर १ का युसुफ खाले ३ विकेट लिए। १ सय ११ रन तथा २ विकेट लिएका वडा नम्बर ४ का विजय थापा म्यान अफ द सिरिज तथा बेस्ट ब्याट्सम्यान घोषित भए। १० विकेट लिएका विशाल चौधरी बेस्ट बलर बने।

लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले विजेता टोली र खेलाडीहरुलाई कप प्रमाण पत्र प्रदान गरे। सो अवसरमा उनले खेल र खेलाडीको विकासकालागि तिनै वटा सरकारले लगानी बढाउँदै जानु पर्ने बताए। सो अवसरमा मेयर सुदीप पौडेलले नेपालमा क्रिकेटको क्रेज बढी रहेको बेला आफ्नो पालिकाले समेत खेल र खेलाडीको विकासकालागि ठोस पहल गर्ने बताए।

कपिलवस्तु क्रिकेट संघका जिल्ला अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले कपिलवस्तुमा क्रिकेट खेल पहिला देखि नै जिल्लामा लोकप्रिय रहेको बताए। उनले क्रिकेटलाई २३ वटै सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए।

मेयर पौडेलको अध्यक्षता, युवराज भुसालको संचालन तथा उप सचिव हरि प्रसाद ज्ञवालीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा नगरपालिका १२ वटाका वडाध्यक्ष लगायतको सहभागिता थियो।

तौलिहवाको बुद्धपदम उमाबिको खेल मैदानमा वैशाख २० देखि २५ गते सम्म चलेको थियो। खेलमा १२ वडाका खेलाडी सहभागी थिए।

प्रकाशित: २५ वैशाख २०८० १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App