२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिग : हिमालयनले पुलिस क्लबलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो।

हिमालयनको जितमा अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले एक एक गोल गरे।पुलिसका सौजन राईले एक गोल फर्काए।हिमालयनको यो पाँचौं जित हो । हिमालयनले १५ खेलमा २० अंक जोडेको छ।पुलिसको यो आठौं हार हो । पुलिसले १५ खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित: २२ वैशाख २०८० १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App