१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

संकटमा यूएई, ललितले लिए लगातार दुई विकेट

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएइ निरीह बनेको छ। यूएईको लगातार दुई विकेट झरेको छ। नेपालका ललित राजबंशीले यू्एईको लगातार दुई विकेट झारे। उनले ४६ रन बनाएर खेलेका आशिफ खान र शुन्य रनमा जाहुर खानलाई पवेलियन फर्काए। यो खेलमा ललितको तेस्रो विकेट हो।  

यूएईको लगातार विकेट झर्ने क्रम जारी छ। यसअघि नेपालका सन्दिप लामिछानेले व्यक्तिगत तर्फ दोस्रो विकेट लिँदै यूएईको सातौं विकेट झारेका थिए। उनले आयन अफजललाई ५ रनमा आउट गरे।  

त्यसअघि नेपालका गुल्शन झाले युएईको छैटौं विकेट झारेका थिए। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे। त्यसअघि नेपालका करण केसीले दुई, ललित राजबंशी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए।

सन्दिपले रोहन मुस्ताफालाई कुशल मल्लको हातबाट क्याच आउट गरे। त्यसअघि चौथो विकेटमा ललित राजबंशीले रमेज शेहेजादलाई एक रनमा आउट गरे।  करण केसीले व्यक्तिगत दुई विकेट लिँदै यूएईको तेस्रो विकेट पतन गराए। उनले युएईका आर्यन लाक्रेको विकेट लिए। उनी १३ रन बनाएर खेलिरहेका थिए।  

यसअघि युएईका भृत्य अर्विन्दलाई नेपालका करण केसीले आरिफ शेखको हातबाट क्याच आउट गराए। उनले दुई चौकासहित ८ रन जोडेका थिए।  

त्यस्तै पहिलो विकेटमा युएईका ओपनर मोहम्मद वासिमलाई सोमपाल कामीले ललित राजबंशीको हातबाट क्याच आउट गराए। ललितले हावामा उफ्रिएर बल क्याच गरेका थिए। वासिमले १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए।  

वर्षाको कारण अवरुद्ध बनेको एसिसी प्रिमियर कपको फाइनल खेल पुनः सुरु भएको थियो। ताजा अवस्थामा यूएई २७ दशमलव ३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: १८ वैशाख २०८० ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App