१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

जावलाखेलले अवसर गुमायो

हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएसँगै जावलाखेल युथ क्लबले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।  

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा दोस्रो स्थानको थ्री स्टार क्लब मच्छिन््रद्र फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएसँगै जावलाखेल युथ क्लबसामु शीर्ष स्थानको अग्रता ४ अंकमा पु¥याउने अवसर थियो। तर सुनीलकुमार श्रेष्ठको टोली सो अवसरको सदुपयोग गर्न चुक्यो। १२ खेलको समाप्तिमा २४ अंक जोडेको जावलाखेल शर्षि स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको थ्री स्टार क्लबभन्दा मात्र २ अंक बढी हो। लिगको पहिलो चरण सकिन अब एक खेल मात्र बाँकी छ। तेस्रो स्थानको सातदोबाटो युथ क्लबको समान खेलमा २१ अंक छ भने चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १९ अंक छ। पाँचांै स्थानको चर्च ब्वाइज युनाइटेडको १८ अंक छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दोस्रो खेलको १०औं मिनेटमा पिस्टोने मुताम्बाको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो। १८औं मिनेटमा मुताम्बाले हिमालयन शेर्पाको अग्रता दोब्बर पारेका थिए।  ७२औं मिनेटमा एनकोटो मोसाबीको गोलमा जावलाखेलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन। मोसाबीले हिसुब थपलियाको पासलाई जाली चुमाएका थिए।  

शीर्ष स्थानको जावलाखेललाई स्तब्ध पारेसँगै हिमालयन शेर्पा १३ अंकसहित बाह्रौं स्थानमा छ। बुधबारै दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको थियो। मच्छिन्द्र क्लब १२ खेलमा १७ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले टोलीसामु शीर्ष स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न नसकेको बताए। ‘पक्कै पनि आज हाम्रा सामु ३ अंक लिएर शीर्ष स्थानमा उक्लिने अवसर थियो, तर हामी त्यसमा सफल भएनांै,’ केसीले भने, ‘तर हामीले मच्छिन्द्रजस्तो कठिन प्रतिद्वन्द्वीसँग एक अंक पनि लिन सफल भयांै।’  

यता मच्छिन्द्रका प्रशिक्षक किशोरकुमार केसीले पाएका अवसर सदुपयोग गर्न नसक्दा थ्री स्टारसँग अंक बाँड्नुपरेको बताए।  

बुधबारै च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४–० ले हरायो ।

प्रकाशित: १४ वैशाख २०८० ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App