१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

शर्मालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा अस्ट्रेलियाको मेलबर्नमा आइटिएफ हल अफ फेम इन्टरनेसनल एम्बेस्डर अवार्डबाट सम्मानित भएका छन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को तŒवावधान र युनाइटेड आइटिएफ तेक्वान्दो अस्ट्रेलियाको आयोजनामा भएको तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को अवसरमा सोमबार राति एक विशेष कार्यक्रमबीच टिम प्रशिक्षकसमेत रहेका शर्मालाई तेक्वान्दो क्षेत्रका महŒवपूर्ण योगदान गरेको भन्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरिएको हो। साथै उक्त प्रतियोगितामा नेपालका राजकुमार दराईले कांस्य पदक पनि जिते। पुरुष ब्ल्याक बेल्ट सिनियरतर्फ (प्याट्रन) मा उक्त पदक प्राप्त गरेको अध्यक्ष एवं प्रशिक्षक शर्माले जानकारी दिए।

शर्मा नेपाल एवं अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्ट्सको प्रवर्धनमा सक्रिय छन्। उनी विश्व मार्सल आर्ट्स हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघका महासचिव पनि हुन्। शर्मा नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षकसमेत हुन्। मार्सल आर्ट्ससँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका शर्माको तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरूमा समेत सक्रिय रहँदै आएका छन्।

अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा उनले खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। मार्सल आर्ट्स क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण शर्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन्। उनले अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, भारतलगायत मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कार हात पारिसकेका छन्। 

प्रकाशित: १३ वैशाख २०८० ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App