२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बहराइनको सुखद सुरुआत

सिंगापुरका बलरको बलमा बोल्ड हुँदै बहराइनका ब्याट्सम्यान। तस्बिर सौजन्य: क्यान

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सिंगापुरमाथि सहज जित निकाल्दै समूह ‘बी’ को बहराइनले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

यस जितसँगै बहराइनले दुई अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको सिंगापुर अंकविहीन छ। सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो। टस जितेर पहिला ब्याटिङ गर्दै बहराइनले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमै समेटियो।

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन बनाए। यसै गरी विनोथ बसकरणले २३, थिलिपन ओमाइदुराईले २०, कप्तान अरित्र दत्त र रोहन रंगाराजनले समान ११ तथा अब्दुल रहमानले १० रन जोडे।

सातौं विकेटका लागि चन्द्रमोहन र बसकरणले ५९ रनको साझेदारी गरेका थिए। बहराइनका लागि इमरान अनवरले ४, रिजवान बटले ३, अब्दुल माजिदले २ तथा अली दाउदले १ विकेट लिए।  

यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रनको योफगल तयार पारेको थियो। बहराइनका लागि फैज अहमदले ५९ बलमा ९ चौका १ छक्काको मद्दतमा सर्वाधिक ७९ रन बनाए।

यसैगरी शहबाज बदरले ९८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७६, सोहेल अमदले ४६, कप्तान हैदर बटले २९, मोहम्मद युनिसले २३ र जुनैद अजिजले अविजित ११ रन जोडे। फैजले पाँचौं विकेटका लागि हैदरसँग ६६ तथा चौथो विकेटका लागि शहबाजसँग ५९ रनको साझेदारी गरेका थिए। सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमाइदुराई, विनोथ बसकरणले समान दुई विकेट लिए।

यसैगरी शहबाज बदरले ९८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७६, सोहेल अमदले ४६, कप्तान हैदर बटले २९, मोहम्मद युनिसले २३ र जुनैद अजिजले अविजित ११ रन जोडे।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा मोहम्मद अमिर र वीरनदिप सिंहको अर्धशतकप्रेरित मलेसियाले आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि ८ विकेटको सहज जित निकालेको हो।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा साउदीले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेटले गुमाउँदै भेटाएको हो।

मलेसियाका लागि आमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रन बनाए। यसै गरी सिंहले ५३ बलमा ८ चौकको मद्दतमा ५१ र सैयद अजिजले अविजित ३४ रन जोडे। साउदीका लागि दुवै विकेट जइन उल अबिदिनले लिए।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा मोहम्मद अमिर र वीरनदिप सिंहको अर्धशतकप्रेरित मलेसियाले आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि ८ विकेटको सहज जित निकालेको हो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५३ रनको योफगल तयार पारेको थियो। साउदीका लागि हसिब घफोरले ४०, अब्दुल वाहिदले ३६, कप्तान हिसम शेखले २७ र अतिफ उर रहमानले अविजित १८ रन बनाए।

अन्तिम विकेटका लागि घफोर र रहमानले ४४ रनको साझेदारी गरेका थिए। बलिङतर्फ मलेसियाका लागि खिजर हायातले ३, मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई तथा वीरनदिप सिंहले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५३ रनको योफगल तयार पारेको थियो।

यससँगै पहिलो जित निकालेको मलेसियाले २ खेलमा २ अंक जोड्दा साउदीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो।

लिगमा शुक्रबार त्रिवि मैदान नेपाल र ओमानबीच खेल हुनेछ भने मूलपानी मैदानमा हङकङ र युएईबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: ८ वैशाख २०८० ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App