२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप: मलेसियाद्धारा साउदी अरेविया पराजित

नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले साउदी अरेवियालाई हराएको छ। मलेसियाले आज  साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको हो।

साउदी अरेवियाले दिएको १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २१दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। मलेसियाको जितमा मोहम्मद आमिरले ५६ रन तथा विरनदीप सिंहले  ५१ रनको योगदान दिए।सायद अजिदले नटआउट ३४ रनको योगदान दिए।  

साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए भने अन्य बलरले विकेट लिन सकेनन्।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६दशमलब २ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो। साउदीका लागि हसिब गाफुरले सर्वाधिक ४० रन बनाए।।अब्दुल वाहिदले ३६ रन बनाए।कप्तान हिसाम शेखले २१ रन बनाए। अतिफ उर रहमान  १८ रनमा अविजित रहे।

मलेसियाका खिजार हायतले  ३ विकेट लिएका थिए। मोहम्मद वाफिक रिजवान हैदर रअनवार रहमानले समान दुई दुई विकेट लिए। त्यसैगरी विरानदीप सिंहले  १ विकेट लिए।  

एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया छन्।समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

प्रकाशित: ७ वैशाख २०८० १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App