२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप :हङकङ विरुद्ध सिंगापुरले १७४ रन बनायो

एसिसी प्रिमियर कप अन्र्तगत काठमाडौको मुलपानी क्रिकेट मैदानमा  हङकङ र सिगापुरबीच खेल भईरहेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको सिगापुरले ४२ दशमलब १ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमायो।सिंगापुरका लागि कप्तान अरित्र दत्तले सबै भन्दा वढि ४९ रन बनाए।

आरेन मोदीले २१ तथा रमेश कालीमुथुले १८ रन बनाए।हङकङका लागि इसान खान एक्लैले १० ओभरमा ३ मेडन ओभर फालेर २४ रन खर्चिँदै  महत्त्वपूर्ण ४ विकेट लिए।त्यसैगरी  असिम मुर्ताजाले  १० ओभरमा  १ मेडन ओभर सहित २५ रन दिएर ३ विकेट लिए।त्यसैगरी आयुश शुक्ला , मोहमद गन्जाफार र अजाज खानले एक एक विकेट लिए।ताजा स्थितिमा हङकङले २६ ओभरमा १ विकेट गुमाएर ११० रन बनाएको छ।

प्रकाशित: ५ वैशाख २०८० ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App