२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

बुटवल उपमहानगरद्वारा क्रिकेटर कुशल मल्ललाई ५० हजार नगदसहित सम्मान

बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ललाई नगद सहित सम्मान गरेको छ।

हालै सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग २  मा नेपाललाई जित दिलाउन सफल राष्ट्रिय त्रिकेट टिमका खेलाडी मल्ललाइ सोमबार नगरपालिकाले ५० हजार नगद सहित सम्मान गरेको हो। मल्ल बुटवल ११ देविनगरका स्थानीयवासी हुन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रादेवी अर्याल,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणी खनालले क्रिकेटर मल्ललाइ दोसल्ला ओढाएर सम्मान पत्र र नगद सहित सम्मान गरे। कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला औढाएर सम्मान गरीयो।

खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलको प्रतिष्ठा बढाएको बताए। राष्ट्रिय क्रिकेट टिमकै क्याप्टेनको रुपमा उभ्याउने गरी मेहनत गर्न मल्ललाइ सुभकामना दिँदै नगरप्रमुख पाण्डेयले हरेक हिसाबले साथ दिने बताए। नगरमा खेलकुदको विकासका लागि ३ करोड बढी बजेट विनीयोजन गरेको भन्दै उनले खेल पूर्वाधार र जनशक्ति उत्पादन,प्रोत्साहनलाइ प्राथमिकतामा राखीएको बताए। ‘बुटवलमै राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सक्ने गरी पूर्वाधार निर्माण  र भएका पुर्वाधारको स्तरोन्नती,मर्मत,संरक्षणका कामलाइ निरन्तरता दिएका छौं’ मेयर पाण्डेयले भने।

कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले खेलाडी सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए। बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै उनले उपमहानगरले गरेको प्रयास उत्कृष्ट रहेको र त्यसमा खेलक्षेत्रको साथ रहने बताए। खेलाडी कुशल मल्ले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफनो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए।  

प्रकाशित: ६ चैत्र २०७९ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App