६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कम उमेरमै उडबर्नको गोल

लन्डन–बेन उडबर्न क्लब इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बन्दै कीर्तिमान बनाएको दिन मंगलबार लिभरपुलले इङ्लिस लिग कपअन्तर्गत  क्वार्टरफाइनलमा लिड्स युनाइटेडलाई २–० ले पराजित गरेको छ । १७ वर्ष ४५ दिन रहेका उडबर्नले ८१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । उक्त गोलसँगै उनले माइकल ओवेनलेबनाएको सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् । ओवेनले सन् १९९७मेमा विम्बल्डनविरुद्ध १७ वर्ष १ सय ४३ दिनको उमेरमा गोल गर्दै कीर्तिमान राखेका थिए ।

‘मबाट अर्को कीर्तिमान खोसियो, बधाई छ उडबर्नलाई । १७ वर्ष ४५ दिनमा लिभरपुल फुटबल क्लबबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेकोमा,’ ओवेनले ट्विटरमा लेखेका छन् ।

गत शनिबार सम्पन्न प्रिमियर लिगअन्र्तगत  सन्डरल्यान्डविरुद्ध २–० को जित्दा वैकल्पिक खेलाडी भएर  मैदान छिर्दा सिनियर टोलीबाट डेब्यु गरेका उडबर्न क्लब इतिहासकै तेस्रो युवा खेलाडी बनेका छन् ।

हालै लिभरपुलबाट लामो समयको सम्झौतापत्रमा हस्ताक्षर गरेका  सिस्राइनमा जन्मिएका उडबर्नवेल्सको यु–१९ अन्तर्राष्ट्रिय टोलीका खेलाडी भएपनि इङल्यान्डको सिनियर टोलीबाट भने खेल्न योग्य भइसकेका छैनन् ।

‘अहिल्यै स्टार जन्मिए भन्नु धेरै हतार हुनसक्छ । युवासमूहमा उडबर्नको उत्कृष्ट प्रदर्शन र गोलबाट उनी हेर्नलायक खेलाडी भएको संकेत गर्छ,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने,‘ड्रेसिङ रूममा सबै खुसी थिए । यो उनी र समग्र क्लबका लागिराम्रो क्षण हो ।’ उडबर्न र डिभोक ओरिगीको गोलमद्दतमा लिभरपुलले लगातार तेस्रोपटक लिग कपको सेमिफाइनल पक्का गरेको छ ।

क्लोपको प्रशिक्षणमा लिभरपुलले लिग कपका ९ मध्ये ७खेलमा विजय पाएको छ । सातांैपटक लिग कप उपाधि जित्ने क्लोपको लक्ष्य भने गतवर्षम्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि तुहिएको थियो ।

खेल हुनुपूर्व मंगलबार कोलम्बियामा जहाज दुर्घटनामा परे मृत्यु भएका ब्राजिलियन क्लब चोपेकोइन्जेका खेलाडी लगायत अन्य७६ जनाको सम्झनामा एक मिनेटमौनधारण गरिएको थियो भने लिभरपुलका खेलाडीले हातमा कालोपट्टि बाँधेका थिए । कुर्कुच्चाको चोटका कारण कौटिन्हो ५ साताका लागि मैदान बाहिर रहने भएपछि क्लोपले टोलीमा ८ खेलाडी परिवर्तन गरेका थिए । उनले युवा खेलाडी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र ओभी इजारियालाई पनि टोलीमा समावेश गरेका थिए ।

पछिल्लो पटक सन् १९९६ मा लिगकपको सेमिफाइनल खेलेको दोस्रोश्रेणीको क्लब लिड्सका हाडी साक्कोले अफसाइड ट्रयाप बिट गर्दै प्रहार गरेको बललिभरपुलका गोलकिपर सिमोन मिग्नोलेटले बचाएका थिए । लिड्सले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
विस्तारै खेलमा आफ्नो पकड बनाएको लिभरपुलले साडियो मानेको पासमा जर्जिन्हो विज्नाल्डमले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएपछि लिभरपुल अग्रता लिनबाट चुकेको थियो ।

७६ औं मिनेटमा आर्नाेल्डले दायाँ भागबाट गरेको क्रसमा गोल गर्दै बेल्जियन स्ट्राइकर ओरिगीले लिभरपुललाई अग्रता दिलाए। यस सिजनमा उनको यो चौथो गोल हो भने लिग कपमा तेस्रो हो । ६७ औं मिनेटमा वैकल्पिक खेलाडीकारूपमा मैदान छिरेका उडबर्न  खेल सकिन ९ मिनेट बाँकी रहँदा लिभरपुलका लागि विजयी गोल गरेका हुन् ।
‘उडबर्न उत्कृष्ट युवा खेलाडी हुन् । उनले निकै राम्रो प्रदर्शन गरे । यो गोलले उनको आत्मविश्वास बढाएको छ,’ लुकासले भने । मंगलबारै अर्को खेलमा लिगमा रेलिगेसनबाट बच्न संर्घषरत हल सिटीले दोस्रो श्रेणीको न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै पहिलोपटक लिग कपको अन्तिम चारमा स्थान बनाएको छ ।निर्धारित समय१–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

८९ औं मिनेटमा न्युक्यासलका जमाल लास्किलासलेलाई खराब फाउल गरेपछि हल सिटीका ड्युमिरिक मोवकानीले रातो कार्ड खाँदै  बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।   अतिरिक्त समयको आठांै मिनेटमा हल सिटीका पूर्व मिडफिल्डर मोहम्मद डायमीको गोलमा न्युक्यासलले अग्रता बनाएपनि हल सिटीका रोबर्ट सन्डग्रासले एक मिनेटपछि नै गोल फर्काउँदै खेल१–१ कोे बराबरीमा ल्याएका थिए ।

पेनाल्टी सुटआउटअन्र्तगत हल सिटीका गोलरक्षक इडेल जाकुपोभिचले न्युक्यासलका जोन्जो सिभ्लेको प्रहार बचाएभने  ड्युट गेलको प्रहार क्रसबारमा लागेर फर्कियो ।  हलका योहान गोफरान्सले गोल गर्दै जित सुनिश्चित गरेका थिए । बुधबार म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वेस्ट ह्यामको सामना गर्दा अन्तिम क्वार्टरफाइनलमा आर्सनलले साउथह्याम्पटनसँग खेल्दैछ ।

प्रकाशित: १६ मंसिर २०७३ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App