२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

‘दिक्तेल मेयर कप फुटबल’को फाईनलमा नेर्पा र माटीकोरे

प्रतियोगिता उद्घाटन गर्दै दिरुमझुवागढीका नगरप्रमुख तीर्थराज भट्टराई। तस्बिर: महेश्वर<br>

खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालन भइरहेको ‘दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता ०७९’मा नेर्पा स्पोर्टस् क्लब नेर्पा र माटीकोरे सामाजिक सेवा समाज दिक्तेल फाईनलमा पुगेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र खोटाङ फुटबल एकेडेमी (केएफए)को आयोजनामा भइरहेको अन्तरक्लब स्तरीय चौथो संस्करणको प्रतियोगितामा नेर्पा र माटीकोरे समाजले फाइनलको यात्रा तय गरेका हुन्। अघिल्लो दिउँसो भएको स्पर्धामा साकेला फुटबल क्लब रतन्छालाई ४–३ गोल अन्तरले हराउँदै नेर्पा फाईनलमा पुगेको हो भने माटीकोरेले फाईनल पुग्न आयोजक केएफएलाई १–० को सहज गोल अन्तर तय गर्न सफल भएको थियो।

सोमबार सम्पन्न सेमिफाईनल खेलमा मध्यान्तरसम्म साकेलाको दबाबमा परेको नेर्पा मध्यान्तरपछि लगातार गोल गर्न सफल हुँदै फाईनलका दावेदार बन्न पुगेको हो। मध्यान्तर अघिसम्म ३ गोल खाइसकेको नेर्पा मध्यान्तरपछि लगातार ४ गोल गर्दै करिश्मेटिक तरिकाले फाईनलमा पुग्न सफल भएको हो। मध्यान्तरअघि साकेलाका खेलाडीहरु बिपिन राई, दिपिन राई र आयम राईले गोल गरेका थिए भने मध्यान्तरपछि नेर्पाको तर्फबाट विकी राई एक्लैले तीन गोल गरी ह्याट्रिक गरेका थिए भने र अर्को १ गोल सुरज राईले थपेर टिमलाई उपाधिको दावेदार बनाएका हुन्।

सोमबारै भएको दोस्रो चरणको सेमिफाइनलमा माटीकोरे समाजले आयोजक केएफएलाई १–० गोलबाटै फाईनल यात्रा तय गर्यो। खेल अवधिभर केएफएले गोलरहित समय गुजारेका कारण माटीकोरेका खेलाडी सामेल चाम्लिङको १ गोल नै मेयर कप उपाधिको हकदार बन्न पर्याप्त हुन पुगेको हो।

आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजुले जनाए अनुसार विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ६२ हजार ५ सयसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै गोल्डेन ग्लोब्स, गोल्डेन बल र गोल्डेन सुज विधा जित्ने खेलाडी प्रतयेकलाई नगद ५ हजार तथा म्यान अफ द म्याच खेलाडीले १ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने उनले बताए। जिल्लाका बिभिन्न स्थानीयतहका ८ वटा क्लबका सहभागिता रहेको प्रतियोगिता जिल्लामा फुटबल खेलाडीको उत्पादन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी बनाउने उदेश्यले सञ्चालन गरिदै आएको एकेडेमीका कोषाध्यक्ष रोषेश श्रेष्ठले बताए।  

प्रकाशित: ३० फाल्गुन २०७९ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App