६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बक्सिङ टोली पन्जाब जाँदै

नेपाललाई ऐतिहासिक पदक दिलाएकी बक्सर सुष्मा तामाङसहित नेपालका सात जना बक्सर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएका छन्।

गत माघमा थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा सुष्माले रजत पदक जितेकी थिइन्।जुन पदक नेपालको बक्सिङ इतिहासमा एसियाली स्तरको सबैभन्दा ठूलो सफलता हो।उनै सुष्मासहित सात बक्सर भारतमै हुने विश्व च्याम्पियनसिपको तयारीका लागि पन्जाब जान लागेका हुन्।टोली पन्जाबबाटै विश्व बक्सिङका लागि नयाँ दिल्ली जानेछ।विश्व बक्सिङ मार्च १३ देखि २७ तारिखसम्म चल्नेछ।पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्समा नेपाल बक्सरले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्नेछन्।उनीहरूलाई क्युबाका प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरले प्रशिक्षण दिनेछन् ।

त्यसका लागि सात खेलाडीसहित ९ सदस्यीय नेपाली बक्सिङ टोली बिहीबार भारतको पन्जाब जाँदै छ।विश्व बक्सिङमा सुष्मा तामाङले ४८ केजी, अस्मिता दुवालले ५० केजी, अञ्जनी तेलीले ५२ केजी, मीनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगीता सुनारले ६० केजी र सरस्वती रानाले ७० केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।प्रशिक्षकमा प्रकाश थापामगर र अनुराधा लामा छन्।टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App