२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

एभेन्सलाई छात्र फुटसलको उपाधि

एभेन्सले दोस्रो जिनियस कप यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्‍यो। विजयी टोलीका लागि सक्षम खरेलले २ तथा विरल थापाले १ गोल गरे। प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित भए। एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिए। युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगिताभर ११ गोल गरे। युरो स्कुल, कोटेश्वरले अनुशासित टोलीको उपाधि हात पार्‍यो।  

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप वज्राचार्य, प्रतियोगिताका संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ११ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो। जिनियसका प्रिन्सिपल जोशीले उमेरसमूहकै प्रतियोगिताबाट भविष्यका प्रतिभावान् खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा यु–१२ उमेरसमूहको प्रतियोगिता आयोजना गरिएको बताए।

प्रकाशित: २ फाल्गुन २०७९ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App