८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

स्वयम्भूस्थित घरेलु कोर्टमा रुसिब मुनिकरको प्रेरणामा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गर्‍यो। एक्सेल्सियरका रुसिबले ११ स्कोर गरे। सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६ ले, रातो बंगलाले एलआरआइलाई १७–१२ ले र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले हराए।

जेनिथका सुशील शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे। गल्र्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४ ले, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडिअन्टले रिब्सलाई ८–१ ले पन्छाए।

चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले। यु–१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो। एक्सेल्सियरले काव्यालाई १–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगायो। काव्याविरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे। काष्ठमण्डपविरुद्ध एक्सेल्सियरका साहिलराज थापाले २ तथा कृष पाण्डेले एक गोल गरे। काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १/१ गोल फर्काए।

यु–१६ ब्वाइज फुटबलमा एलआरआईले काव्यालाई ४–१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० र बृहस्पति विद्यासदनलाई १–०, एनआइसी एकेडेमीले विद्या संस्कारलाई ४–३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ तथा होली भिजनले बृहस्पतिलाई ६–० गोलअन्तरले निराश पारे। न्यु इरा र ग्रिनफिल्डले गोलरहित बराबरी खेले। 

प्रकाशित: २१ माघ २०७९ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App