२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यानका कार्यवाहक सचिव मल्लले दिए पदबाट राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन्।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा मल्लले राजीनामा दिएका हुन्। नेपाल टी-२० लिगमा विवाद र फिक्सिङका कारण तीव्र आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि देखि मल्लले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

मल्लको राजीनामासँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन्।

प्रकाशित: १८ माघ २०७९ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App