६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आइटिएफ जुनियर टेनिस सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा जे–६० काठमाडौं आइटिएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट–१ सोमबारदेखि हुने भएको छ।

यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्। ब्वाइज/गल्र्समा दुवैमा समान ६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइनेछ। छनोटको ब्वाइजमा नेपालबाट ९, भियतनाम, चाइनिज ताइपेई, चीन र दक्षिण कोरियाबाट समान ३-३, अमेरिका र हङकङबाट समान २-२ तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  

गल्र्समा नेपालबाट ९, हङकङ, बेल्जियम, रूस र थाइल्यान्डबाट १-१, मंगोलियाबाट २ र भारतबाट ४९ खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत सर्किट–२ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ। खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App