३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्यानको बन्द प्रशिक्षणमा अटाएनन् सन्दिप

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

बन्द प्रशिक्षणमा कुशल भुर्तेल,आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा रहेका छन्।

त्यस्तै किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्की,मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।

तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने बन्द प्रशिक्षणमा बोलाइएको छैन्। 

लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो। त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन्।

प्रकाशित: १३ माघ २०७९ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App