१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सी डिभिजन लिग जेठ १ देखि सुरू हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि गर्ने निर्णय गरेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो।

एन्फाले सी डिभिजनका सबै १४ क्लबलाई तयारी खर्चका रुपमा ११ लाख रुपैयाँ प्रदान गर्नेछ।

प्रतियोगिताको पुरस्कार राशीबारे क्लब र एन्फाबीचको अघिल्लो बैठकमै निर्णय गरिएको थियो। प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ७ लाख र तेस्रो हुने टिमले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फेयर प्ले टिम र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार पाउँदा सर्वार्धिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३५ हजार पाउनेछन्।

हरेक खेलको विजेताले २० हजार रुपैयाँ पाउनेछ। खेल बराबरी भएको अवस्थामा दुवै टिमलाई ७ हजार ५०० का दरले दिइनेछ। हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ।

प्रकाशित: ६ माघ २०७९ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App