२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माघ तेस्रो साताबाट डिएभी फुटसल

डिएभी कलेजले खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ माघ तेस्रो साताबाट चौथो अन्तरकलेज प्लस टु सिक्स ए साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कलेजका एकेडेमिक निर्देशक सुमन बस्नेतका अनुसार गत संस्करणभन्दा यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको छ। प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने बस्नेतले जनाए।  

प्रतियोगिता माघ २० देखि २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने उनले बताए।  

‘यसअघिका वर्षमा पनि उपत्यकाका धेरै कलेजको सहभागिता रहेको थियो। यस पटक पनि धेरै टोलीले सहभागी हुने इच्छा देखाएका छन्,’ बस्नेतले भने, ‘हामी पहिला नाम दर्ता गराउने ३२ कलेजलाई मात्र सहभागी गराउनेछाैं।’

प्रकाशित: ६ माघ २०७९ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App