१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।

एन्फाले ‘बी’ लिग क्लबलाई दिदै आएको तयारी खर्च समेत बढाएको छ। एन्फाले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिने निर्णय गरेको छ। यो भन्दा अगाडी १२ लाख २५ हजार रुपैयाँ दिएको थियो।  

क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। त्यस्तै चैत ७ गतेसम्म क्लबले कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ ।

प्रकाशित: २६ पुस २०७९ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App