१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एक साता पेलेको निधनको शोकमा नेपालभरका फुटबल खेलमा एक मिनेट मौन धारण गरिने

ब्राजिलियन महान फुटबल खेलाडी पेलेको निधनकाे शोकमा देशैभरका फुटबल खेलहरूले एक सातासम्म सबै फुटबल खेलमा एक मिनेट मौन धारण गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनट मौन धारण गर्न पत्र पठाएको छ।  

यसअघि फिफाले शुक्रबार यस सम्बन्धमा सबै राष्ट्रलाई परिपत्र पठाएको थियो। फिफा महासचिव फात्मा समौराले लेखेको पत्रमा फुटबल विश्वले आफ्नो राजा गुमाएको कुरा उल्लेख गरिएको छ।

फिफाको पत्रपछि एन्फाले एक सातासम्म खेलमा एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको हो। एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायसँग सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध समेत गरेको छ।

फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म खेलमा एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ। एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबलको प्रशासकीय निकायसँग सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ।

ब्राजिलका महान फुटबलर पेलेको शुक्रबार ८२ वर्षको उमेरमा निधन भएको थियो। पेलेले आफ्नो अन्तराष्ट्रिय करियरमा ९२ खेल खेलेका छन् र ७८ गोल गरेका छन्।

प्रकाशित: १६ पुस २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App