१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप लामिछाने प्रकरण : किशोरीको जन्म झिकाउन अदालतको आदेश

फाइल तस्बिर

बलात्कारको आरोप लगाएर नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट  झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। 

लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित भनिएकी किशोरी जम्निएको अस्पतालबाट जन्मदर्ताको कागजात झिकाउने आदेश दिएको हो ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले अदालतले पीडित भनिएकी किशोरीका दाजुले बहिनी वीरगञ्जमा जन्मिएको बताएपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन काठमाडौं जिल्ला अदालतले  आदेश दिएको  बताए । 

सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयहरूबाट मगाउनु भन्ने आदेशमा उल्लेख छ । आदेशपछि बकपत्र पनि सुरु भयो । मागिएका कागजातहरू पनि सम्मानित अदालतमा दिन भनिएको छ,सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले  भने । 

अदालतले सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएका क्रिकेटर देव खनाललाई पनि बकपत्र दिन बोलाएको छ । साथै किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि बकपत्रका लागि बोलाउन आदेशमा उल्लेख भएको छ । मुद्धा खेपीरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने अहिले केन्द्रीय कारगार सुन्धारामा छन । 

प्रकाशित: १२ पुस २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App