२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कोपा अमेरिकाको उपाधि चिलीलाई, मेसी पेनाल्टीमा चुके

न्युवोर्क- फुटबल स्टार लियोनेल मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।

मेट लाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

चिलीका चार खेलाडीको प्रहार गोलमा परिणत भएको थियो भने अर्जेन्टिनाका दुई खेलाडीले मात्र गोल गरेका थिए। चिलीका भिडालको प्रहार रोमेरोले बचाएका थिए। अर्जेन्टिनाका स्टार मेसीको प्रहार बाहिरिँदा  बेगिल्लाको प्रहार चिलीका गोलकिपर ब्राभोले बचाएका थिए।

गत संस्करणको फाइनलमा पनि अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो।

प्रकाशित: १३ असार २०७३ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App