२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारतलाई हराए पनि नेपाल असफल

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिबार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइलनमा स्थान बनाउन असफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो। कुल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे। यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अंक भए पनि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो। नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्नेछन्। प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेशविरुद्ध खेल्नेछन्।

नेपालले भारतलाई १२–१० पराजित गरेको थियो। नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासंग ३४–० ले पछि प¥यो। पुरुषमा ८ टिम सहभागी छन्। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘बी’ बाट युएइ ९ अंक साथ विजेता तथा दक्षिण कोरिया ७ अंकसहित उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे। सेमिफाइनलमा भारतको भेट युएइसंग हुनेछ भने दक्षिण कोरियाले मलेसियाको सामना गर्नेछ।  

महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३÷३ खेल खेल्दै समान ७÷७ अंक जोडे। पाँच टिम सहभागी राउन्ड रोविनमा दुवैको १÷१ खेल बाँकी छ। समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ। नेपाल थाइल्यान्डसंग ३९–० र युएइसंग ४१–० ले पराजित भयो। एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आइतबार हुनेछन्। नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको पहिलो अवसर हो।

प्रकाशित: २४ मंसिर २०७९ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App