७ वैशाख २०८१ शुक्रबार
खेल

विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

कतारमा जारी  विश्व कप फुटबलमा आज दुई खेल हुँदैछ। प्रिक्वाटर फाईनलको खेलमा आज दुई एसियाली हस्ती जापान र दक्षिण कोरियाले बेग्ला बेग्लै समयमा आफ्ना प्रतिस्पधीसंग प्रतिस्पर्धा गर्दैछन। जापानले आज राती पौने ९ बजे क्रोएसियाको सामना गर्दैछ। त्यसैरी दक्षिण कोरियाको खेल पौने १ बजे राती उपाधीको दावेदार राष्ट्र ब्राजिलसंग हुनेछ। जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो।  

त्यसैगरी क्रोयसिया चाहि यो विश्व कपमा क्यानडालाई ४–१  हराएर तथा बेल्जीयम र मोरोक्कोसंग गोल रहित बराबरीमा रोक्दै समूह एफको उपविजेता बनेर अन्तिम १६ पुगेको हो । जापान र क्रोयसिया विच अहिले सम्म तीन खेल भएका छन। तीन खेल मध्ये दुबै टोलीले एक एक खेल जितेर एक खेल बराबरीमा सकिएको थियो।  

त्यसैगरी आज राती पौने एक बजे उपाधी दावेदार ब्राजिल र दक्षिण कोरिया विच खेल हुनेछ । समूह जी मा रहेको ब्राजिलले पहिलो दुई खेल जितेर ६ अंकका साथ समूह बिजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसंग पराजित भएको थियो। त्यसैगरी दक्षिण कोरिया तीन खेलमा एक जित एक बराबरी तथा एक हारेर ४ अंकका साथ गोलअन्तरमा उरुग्वे र घानालाई पछाडि पार्दे अन्तिम १६ मा पुगेको हो। दक्षिण कोरिया र ब्राजिलबीच अहिले सम्म ७ खेल भएका छन। ६ खेल ब्राजिलले जित्दा १ खेलमा दक्षिण कोरियाले जितेको छ।  

प्रकाशित: १९ मंसिर २०७९ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App