१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्लेयस टु वाचः राफिन्हा (ब्राजिल)

जारी विश्वकपका तीन खेल खेल्दा अग्रपंक्तिलाई बल उपलब्ध गराउने राफिन्हा दक्षिण कोरियाका चुनौती हुन्। स्पेनिस क्लब बार्सिलोनाका विंगर राफिन्हालाई प्रशिक्षक टिटेले दक्षिण कोरियासँगको खेलमा निकै विश्वास गरेर जिम्मा दिनेछन्। अनुभवी नेइमारको मैदान फर्किने अनिश्चितता तथा ग्राबियल जिसस र एलेक्स टेलेसले चोटका कारण खेल गुमाउने भएपछि प्लेमेकरको भूमिकामा युवा राफिन्हा हुनेछन्।  

कतार विश्वकपको छनोटका लागि राष्ट्रिय टोलीमा डाकिएका २५ वर्षीय राफिन्हाले ब्राजिलका लागि कुल १४ खेल मात्र खेलेका छन् भने पाँच गोल गरेका छन्। २०२० देखि लिड्स युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका राफिन्हा २०२१ विश्वकप छनोट टोलीमा अटाएका थिए। भेनेजुएलासँगको खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका राफिन्हाले विश्वकप छनोटका सात खेल खेले। सो अवधिमा उनले तीन गोल गर्दा दुईका लागि अवसर मिलाएका थिए। उक्त खेलमा गरेको प्रदर्शनका आधारमा प्रशिक्षक टिटेले ब्राजिलको टोलीमा नियमित स्थान दिइरहेका छन्। उनै राफिन्हा कोरियाविरुद्ध जित निकाल्न आतुर छन् भने कोरियाले अन्य खेलाडी चोटग्रस्त भएको अवस्थामा उनलाई रोक्ने रणनीतिका साथ मैदान उत्रनुपर्नेछ। 

प्रकाशित: १९ मंसिर २०७९ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App