पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।
मन्दिरको दर्शनका क्रममा फुङलिङ आइपुगी गाडीबाट ओर्लने क्रममा अचानक बेहोस भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ की ४४ वर्षीय सरु हिस्की मगरको मृत्य भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए।
प्रहरी निरीक्षक यादवका अनुसार गाडीबाट ओर्लना साथ एक्कासी रिङ्गटा चलेर श्रीमान् इन्द्र हिस्की मगरलाई पानी पिउँछु भनी मागेर पानी पिउनासाथ अचानक बेहोस भएकी थिइन । उनलाई उपचारका लागि तमोर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक बिद्यालालकुमार शाहको नेतृत्वमा प्रहरी टोली परिचिालित गरी घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ८ कार्तिक २०८३ १८:४४ आइतबार





-600x400.jpg)