२ असार २०८३ मंगलबार
image/svg+xml
समाज

जुम्लामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–३ लाछुगाउँ नजिक मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन् र उनको थप उपचारको तयारी भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: २ असार २०८३ १९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App