८ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

‘भुकम्पबाट ताप्लेजुङमा क्षति भएको जानकारी आएको छैन’

ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ५.६ म्याग्निच्युडको भूकम्पबाट जिल्लामा अहिलेसम्म कुनै क्षति भएको छैन।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्लाका सबै स्थानीय तह र भूकम्पको प्रभाव पर्न सक्ने क्षेत्रका वडासँग क्षतिको विवरण बुझिएको बताए। उनका अनुसार अहिलेसम्म भूकम्पबाट कुनै क्षति भएको जानकारी प्राप्त भएको छैन।

फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार पनि मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन।

भूकम्पको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागमा महसुस गरिएको थियो। नेपालबाहेक भारत, बंगलादेश, भुटान र चीनमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रकाशित: ८ मंसिर २०८३ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App