२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

चैतमा मात्रै ४८ हजारभन्दा बढीले पाथीभराको दर्शन गरे

चैत महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ४८ हजार १५५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले चैत महिना भरी ४८ हजार १५५ जनाले मन्दिर दर्शन गरेका जनाएका हुन् ।

उनका अनुसार महिनाको अन्तिम दिन सोमबारमात्रै २ हजार ५८३ जनाले मन्दिरको दर्शन गरेका छन् । यस्तै, चैत २९ गते १ हजार ६५९ जनाले मन्दिरको दर्शन गरेका थिए भने २८ गते शनिवार एकैदिन यो वर्षकै सबैभन्दा बढी ७ हजार २२ जनाले दर्शन गरेका थिए ।  

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरा मन्दिरमा आउने तीर्थालुको संख्या र उक्त महिनामा  संकलन भएको भेटी विवरण सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित: ३० चैत्र २०८२ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App