२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

कोचलगाँडे लाटोकोसेरा

तस्बिरकथा

कोचलगाँडे नेपालमा पाइने २३ प्रजातिका लाटोकोसेरोमध्ये एक हो। आकारमा सानो र चञ्चल देखिने यो लाटोकोसेरो प्रायः मानव बस्तीनजिकै, खेतीयोग्य जमिन, बगैंचा, रुखका हाँगा र प्वालमा देखिन्छ।

दिनको समयमा पनि सक्रिय हुने र च्यारच्यार, क्युक्यु आवाज निकाल्ने यो लाटोकोसेरो अन्य उल्लु प्रजातिबिच पनि सजिलै चिनिन्छ। सेतो दाग भएको खैरो–खरानी रङको शरीर र ठुलो पहेँलो आँखा यसका विशेषता हुन्।

नेपालमा वर्षभर पाइने यो प्रजाति किराफट्याङ्ग्रा र साना जनावर खाएर कृषिजन्य किरा नियन्त्रणमा सहयोग गर्ने उपयोगी चराका रूपमा मानिन्छ। सामाजिक स्वभावका कारण यो प्रायः जोडी वा सानो समूहमा देखिन्छ।

  

प्रकाशित: २१ भाद्र २०८२ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App