२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा लुटपाट भएका सामान फिर्ता गर्न गण्डकी प्रदेशको आग्रह

गण्डकी प्रदेश सरकारले जेन-जी आन्दोलनका क्रममा चोरी, लुटपाट वा हराएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ति निकालेर जेन-जी आन्दोलनका क्रममा यही भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा हराएका, चोरी वा लुटपाट भएका सामानहरू फिर्ता गर्न आग्रह गरेको हो ।

गण्डकी सरकारका उप–सचिव प्रविण ढकालले जारी गरेको सूचनामा आन्दोलनका क्रममा गण्डकी सरकार अन्तर्गतका विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड तथा आगजनी भएको मौका पारेर ती ठाउँहरूबाट सवारी साधन, टिभी, कम्प्युटर सेट, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर, फर्निचरलगायतका सामग्रीहरू चोरी वा लुटपाट भएको उल्लेख छ । विज्ञप्तिमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सिसिटिभी फुटेज र अन्य भिडियो विश्लेषण भइरहेको पनि जनाइएको छ । सूचनामा भनिएको छ,‘यदि कसैले यस्ता सामान लिएको वा प्राप्त गरेको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा इमानदारीपूर्वक बुझाइदिनुहोस् ।’

गण्डकी सरकारले इमानदारीपूर्वक सामान फिर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राख्ने जनाएको छ । तर फिर्ता नगरेमा भने छानबिनमार्फत पत्ता लगाएर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित: ३० भाद्र २०८२ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App