जेन-जी पुस्ताको आन्दोलनपछिको विकसित परिस्थितिमा थप क्षति हुन नदिन बुधबारदेखि लागू भएको कर्फ्यू उदयपूरमा शुक्रबार बिहानसम्म कायम भएको छ । प्रशासनले बिहीबार साँझदेखि कर्फ्यूको समय २ घण्टा बढाएको छ ।
बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको प्रशासनले बिहीबारदेखि भने साँझ ७ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कायम गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बुधबार राति र बिहीबार दिनभर वातावरण शान्ति उन्मुख भएकाले अघिल्लो दिनको तुलनामा २ घण्टा ढिलो कर्फ्यू लगाउने निर्णय गरेको बताए । प्रशासनले स्थानीय प्रशासन २०२८ (संशोधन सहित)को दफा जिल्लामा सरकारी कार्यालय तथा व्यक्तिगत घरहरुमाथि जथाभावी आक्रमण र आगजनी भएपछि सुरक्षार्थ कर्फ्यू लगाउनु परेको बताए ।
प्रशासनले ५ जनाभन्दा बढी जम्मा भएर नबस्न र अवाञ्छित गतिविधि नगर्न सचेत गराएको छ।
प्रकाशित: २६ भाद्र २०८२ २१:०८ बिहीबार





