२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

केवलकारको विषयले पाथीभरा क्षेत्रमा फेरि विवाद, आन्दोलनको घोषणा

पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने पक्ष फेरि आन्दोलित भएका छन् । शुक्रवार ताप्लेजुङको फुङलिङ र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलनमार्फत ‘नो केवलकार’पक्षले आन्दोलनको घोषणा गरेका हुन् ।  

फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा ‘नो केवलकार’पक्षधर घटकहरुको उपस्थितिमा केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केवलकार खारेजीको निर्णय नै सहमतिको अन्तिम विकल्प भएको बताए ।

‘स्थान तल माथि र यताउता गरेर केवलकार बन्ने छैन’ फेम्बुले पत्रकार सम्मेलनमा भने । उनले आन्दोलनरत घटकका कसैले स्थान यताउता गरेर बनाउने विषय राखेको भए त्यो व्यक्तिगत विचार हुने तर संस्थागत बिचार भनेको केवलकार खारेजी नै रहेको बताए । अहिलेको सरकारबाट केवलकार खारेजीको निर्णय हुनेमा विश्वस्त रहेकोमा त्यो नभएको भन्दै उनले सरकारले दमन गरेर अघि बढ्न खोजे आन्दोलन थप सशक्त बनाउनुको विकल्प नहुने बताए ।

‘दमन पहिलेपनि भएको हो,चरम दमन भएको हो’आन्दोलन रोकिदैंन,थप सशक्त हुन्छ’फेम्बोले भने । केवलकार निर्माणको बिरोध गरिरहेका महेन्द्र लावती र केवलकार निर्माण कम्पनी पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा परेको विषयमा पत्रकारले धारणा माग गरेका थिए ।  

यसको प्रत्युत्तरमा उज्यालो नेपाल पार्टीमा आवद्ध कीर्तिमान मादेनले आफुहरु पनि अलमल परेको बताए । ‘एकीकरणको सल्लाह नै थिएन, रातारात के भयो’, राश्वपा र उज्यालो नोपल पार्टीको एकीकरण र समानुपातिक सूची बारे मादेनले भने ‘केवलकारको खारेजीको माग गर्ने र बनाउने मालिक एकैठाउँ बस्न सकिदैंन, यसबारे गम्भिर निर्णय हुन्छ।’

पाथीभरामा बनाईदैं आएको केवलकार निर्माणका प्रमुख लगानीकर्ता नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकाल हुन् । उनले यो विषयमा माथिल्लो तहबाट निश्कर्षमा पुग्नेगरी छलफल भइरहेको बताए । ‘नो केवलकार’ पक्षले पत्रकार सम्मेलनबाटै आन्दोलनको सुरुवात भएको बताएको छ । आन्दोलन अन्तरगत पुस २२ गतेदेखि ताप्लेजुङका सबै स्थानसहित बिभिन्न जिल्लामा गाउँघर भेला तथा छलफल कार्यक्रम हुने घोषणा गरिएको छ । 

यस्तै माघ १२ गते पूर्वी नेपालका सबै जिल्ला तथा मुख्य बजारहरुमा कोणसभा गर्ने, माघ १६ गते फुङलिङमा जनप्रर्दशन र कोणसभा गर्ने, १७ गते ‘नो केवलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने, १८ गते पाथीभराको कान्छीथानदेखि मन्दिरसम्म धागो टाँङ्ने कार्यक्रम तय भएको छ । १९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रर्दशन र कोणसभा गर्ने र २० गतेदेखि माघ मसान्तसम्म पाथीभरा केवलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाईएका मुद्दा खारेजीसहितका विषयलाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्तिमा अभियान चलाउने सहितका आन्दोलनका कार्यक्रम घोषणा भएका छन् । 

प्रकाशित: १८ पुस २०८२ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App