२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

मैवाखोलाले बगाउँदा बेपत्ता दुवै जना सम्पर्कमा

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा बेपत्ता भएका दुई जना सम्पर्कमा आएका छन्।

सकुशल सम्पर्कमा आएकाहरूमा चालक समिर बराइली र ट्याक्टरमा सवार अनिल नाल्वो रहेको दोभान बजारका व्यवसायी दीपक धितालले जानकारी दिए।

सोमबार बिहान २ः४० बजे आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानस्थित अरुण भेनियरतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो।

यो पनि पढ्नुहोस्

सडकबाट पल्टिएको ट्रयाक्टरलाई मैवाखोलाले बगायो : चालकसहित दुईजना बेपत्ता

प्रकाशित: २२ भाद्र २०८३ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App