सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली आगामी मंसिर १ गतेदेखि बन्द हुने भएको छ।
शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको उल्लेख गरेको छ।
सूचनामा मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ।
प्रकाशित: १८ कार्तिक २०७९ ११:५८ शुक्रबार