१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

पाल्पामा खोलाले बगाउँदा एक बालकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ। आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए। उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App