५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बबई नदिमा २ किशोरी बेपत्ता

दाङमा दुइ किशोरी नदिमा बेपत्ता भएका छन्। बबई नदिमा नुहाउने क्रममा दंगीशरण गाउँपालिका वडा नं. २ की १४ बर्षीया रमा शाह र सल्यान दामाचौर १ की १५ बर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

सल्यानकी चन्द दाङ स्थित आफन्तको घरमा आएकी थिइन्। बबईको सिमलकुना घाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नुहाउन गएका तीन किशोरी मध्य एक जना भने पौडिएर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाएर बेपत्ता किशोरीहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ५ कार्तिक २०७९ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App