१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका श्रीमान र छोरा पक्राउ परेका छन्।  

बाबु छोराले दाउरा प्रहार गरी सख्त घाइते बनाएकी श्रीमती बिष्णुकुमारी लिम्बूको कुटपिटको भोलिपल्ट मृत्यु भएपछि प्रहरीले बाबु ४५ बर्षिय बिद्याराज यक्सो लिम्बू र छोरा २१ बर्षिय मनोज यक्सो लिम्बूलाई पक्राउ गरेकाे छ। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार पक्राउ परेका बाबुछोरालाई ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरुलाई फुङलिङ नगरपालिका वडा नं ५ वीरेन्द्रचौकस्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका बाबु बिद्याराज र छोरा मनोज माथि आमा बिष्णुकुमारीलाई गत असोज २७ गते आफ्नै घरमा दाउराको कचेट प्रहार गरी सख्त घाइते बनाएको अभियोग छ। दाउराको कचेट प्रहाराट सख्त घाइते भएकी बिष्णुकुमारीको असोज २८ गते मृत्यु भएको तथ्य प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App