२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

सडक मानवलाईं उद्दार गर्दै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल नेतृत्व टोली।

दुई वर्षअघि सुनसरी दुहवीको सोनापुरमा एक जना बिरामी बालक भेटिए। उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए।  

सोधीखोजी गर्दा सडक बालक भएको पत्ता लाग्यो। उनी विराटनगरको हस्पिटल चोक घर भएका अशोक परियारको छोरा दिपेन थिए। १४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।  

दिपेनलाई त्यतिबेला आफूभदा सिनियर सडक बालकले एसिड प्रहार गरी कुटपिट समेत गरेको खुलेको थियो।  

पूर्व केन्द्र इटहरीमा केही वर्षअघि सडक मानव बग्रेल्ती भेटिन्थे। यसअघिको स्थानीय सरकारले इटहरी क्षेत्रका सडक मानवलाई आश्रय स्थलमा राखेको पनि थियो। सरकारको नीतिमा पनि सडक मानव मुक्त हुने उल्लेख छ । तर, इटहरी क्षेत्रमा भने एकपछि अर्को गरी सडकमा मानिस भेटिने गरेका छन्। जसले गर्दा पूर्वकै उदाउँदो शहर इटहरीलाई सडक मानव मुक्त सरकारको नीति कार्यान्वयन गर्न चुनौती बनेको छ। सरकारी नीति कार्यान्वयन गर्न फेरि स्थानीय सरकार सक्रिय भएको छ।  

यसै क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा सडक मानवको उद्दार थालिएको छ। इटहरीलाई ‘सडक मानव मुक्त सहर’ बनाउने मुख्य उद्देश्यका साथ दुई दिनयता एक महिला र १२ पुरुषलाई उद्दार गरि सकिएको छ। उद्दार गरिएका महिलालाई माया घर इटहरी र पुरुषहरुलाई मानव आश्रम विराटनगरको जिम्मा लगाइएको मेयर पौडेलले बताए।

मेयर पौडेलकै सक्रियतामा इटहरी क्षेत्रमा  तेस्रो लिङ्गीहरुको सेक्स वर्कर धन्दा रोक्न अभियान थालिएको छ। तेस्रो लिङ्गीहरुको सेक्स वर्कर धन्दा रोक्न स्थानीय सरकारले प्रहरीलाई सक्रिय गराएर अभियान सञ्चालन गरेको हो। तेस्रो लिङ्गीका कारण अपराध बढेको जनाउँदै सभ्य समाज निर्माण निम्ति स्थानीय सरकारको ध्यान गएको मेयर पौडेलको भनाइ छ।

पूर्वमा सुनरीको इटहरीसहित झापा र मोरङमा तेस्रो लिङ्गी मोवाईल सम्पर्कका आधारमा सेक्स वर्करको काम गर्न शहरमा आउने गरेको पाइएको छ। जसमा बढी मात्रमा कात्तिकदेखि माघसम्म तीन महिनाको अवधिमा बढी मात्र सेक्स वर्करको चहलपहल हुने गरेको छ। विशेषगरी तीन महिनामा भारतीय ग्राहक बढी मात्रमा आउने गर्छन्। सेक्स वर्करको रुपमा काम गर्ने तेस्रो लिङ्गीले पहिला पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्थे। अचेल पनि होटल प्रयोग गर्न छाडेका छन्।

प्रकाशित: ३ कार्तिक २०७९ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App