१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पूर्व पश्चिम राममार्ग अन्र्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ भोटेपथमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ।

दाङको तुलसीपुरदेखि पोखरातर्फ जाँदै गरेको ना ७ ख ७३५१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५४९४ नम्बरको बसलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाईते भएका रुपन्देहीको ओमसतिया गाउपालिकाका ३२ बर्षीय सुमन थारुको भैरहवाको सिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबावु श्रेष्ठले बताए। 

मोटरसाईकलको पछाडि सिटमा बसेको ३८ बर्षीय भवन कुंवरको सिटी अस्पतालमा उपचार भईरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App