१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौँ महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ।

महानगरपालिकाको राजश्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र व्यापार व्यवसाय दर्ता गर्न निर्देशन दिएकाे हाे। महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ। महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने महानगरले चेतावनी दिएको छ।

प्रकाशित: २ कार्तिक २०७९ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App