७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी दिवसको अवसरमा ताप्लेजुङमा वृक्षरोपण र पाटीपौवा सफाई

६७ औं प्रहरी दिवसको अवसरमा ताप्लेजुङमा आइतबार वृक्षरोपण गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा फुङलिङस्थित तोक्मेडाँडा नर्सरी क्षेत्रमा वृक्षरोपण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले जानकारी दिए।

डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ÷सामुदायिक वन उपभोक्ता समूहको सहजीकरणमा वृक्षरोपण गरिएको हो। वृक्षरोपणसँगै प्रहरीले पाटीपौवा तथा चौताराहरु सफाई समेत गरेको जनाएको छ। वृक्षरोपण कार्यक्रम पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले वृक्ष गाँस,बास र कपासका सम्पूर्ण माध्यम भएकोले यसको रोपणसँगै संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। वृक्ष सजीव प्राणीको अस्थित्व भएको बताउँदै प्रजिअ पोखरेलले यसलाई संरक्षण गरेर प्रकृति बचाउन सम्बन्धित सबै क्रियाशिल हुनुपर्नेमा जोड दिए।  

डिभिजन वन प्रमुख वीरेन्द्र शाहका अनुसार गुराँस,हर्रो,बर्रो,टिमुर लगायतका बिभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ। कार्यक्रममा भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठ,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति बिनोद थापा,प्रमुुख अनुसन्धान अधिकृत रमेश अधिकारी,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा,सामुदायिक वन उपभोक्ता समूहका अगुवा प्रेमबहादुर पालुङ्वा र डम्बरबहादुर पालुङ्वा लगायतको उपस्थिति रहेको थियो।  

प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मान्ने गरेको छ। प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन धेरैपछि अर्थात् तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु भएको हो प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ। यस बर्षको प्रहरी दिवस सोमबार मनाइंदै छ। जिल्ला प्रहरी प्रमुख राईले सोमबार बिहान प्रहरी दिवसको औपचारिक कार्यक्रम राखिएको जानकारी दिए। सो अवसरमा अमर प्रहरी परिवारलाई सम्मान गर्ने तथा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने सहितका कार्यक्रम तय भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: ३० आश्विन २०७९ ०६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App