coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगर महानगरद्वारा मापदण्ड विपरीतका संरचना हटाउन सुरु

विराटनगर महानगरपालिकाले मापदण्डविपरीत सडकमा  बनाएका संरचना हटाउन थालेको छ। महानगरले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको हो।  

सडक मापदण्डमा परेका पर्खाललगायतका संरचना नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको थियो। महानगरले शनिबार विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ। महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो।

केही स्थानीयले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला र सडक निर्माणमा अवरोध पुगेको थियो। महानगरको अगुवाइमा पर्खाल भत्काएपछि संरचना निर्माण हुने भएपछि आफ्नो संरचना भत्काएर सहयोग गरेका स्थानीय खुसी भएका छन्। एक जनाले पर्खाल नभत्काउँदा अरु स्थानीयले सास्ती बेहोर्नु परेको उनीहरुको भनाइ छ। सडकको मापदण्डअनुसार आफ्नो संरचना एक जनाले नहटाइ दिँदा अन्य स्थानीयले समस्या भोग्दै आउनु परेको बताउँदै,’ स्थानीय जनक तिम्सिनाले भने, ‘यहाँका सबै स्थानीयहरु विकास निर्माणमा सहयोग गरे पनि एकले समस्या सिर्जना गरेका थिए। आज महानगरले उसैको संरचना भत्काएर कामलाई निरन्तरता दिएपछि जुन समस्या झेल्नु परेको थियो त्यसको अन्त्य हुँदा यहाँका अन्य स्थानीयहरु खुसी भएका छन्।’  

त्यसैगरी धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काएको छ। स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाली बन्न सकेको थिएन। मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ।

प्रमुख र उपप्रमुखबाट सडक मापदण्डमा परेका पर्खाल, घरटहरा हटाउन स्पष्ट निर्देशन प्राप्त भएपछि काम थालेको बताउँदै, प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले भने, ‘हामीले नक्सा पास नगरेका पर्खाललगायतका संरचना स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छौं।’ महानगर क्षेत्रभित्र नक्सा पास नगरी वा स्वीकृत नलिई बनाइएका संरचनालाई स्वीकृत लिन समय दिए पनि अटेर गरेर बसेकाहरुको संरचना महानगरले हटाइदिने उनले बताए। 

प्रकाशित: ३० आश्विन २०७९ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App