शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा निधन भएको सामाजिक सञ्जालमा लेखेका छन्।
जोशी ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए।
जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।
प्रकाशित: ३० आश्विन २०७९ ०२:०७ आइतबार