३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रास्कोट र महावैमा पहिरो पीडितलाई राहत वितरण

कालिकोटको रास्कोट नगरपालिका र महावै गाउँपालिकाले राहत वितरण सुरु गरेको छ। बुधबारदेखि भारी वर्षा हुँदा कालिकोटका अधिकांश ठाउँमा यसपालि ठूलो जनधनको क्षति भएको छ।  

यी दुई पालिकाले आफ्नो पालिकाभित्र बाढीपहिरोले गरेको क्षतीको विवरण संकलनसंगै राहत  वितरण सुरु गरेका हुन्। रास्कोट नगरपालिकाले तत्काल राहत वितरण सुरु गरेको छ। रास्कोट नगरसरकारका प्रमुख धर्मराज शाहीले मंगलबार बाढीपहिरोले क्षेती पुर्याएको रास्कोट नगरपालिका –३ मा पुगेर चामल,दाल,त्रिपाल वितरण गरेका हुन्। रास्कोट नगरपालिकाको वडा नम्बर ३ का २६ घरधुरीलाई राहत वितरण गरेको नगरपालिकाले जनाएको छ।

महावै गाउँपालिका– १ को कतम्पुरमा ६ वटा घर पूर्ण रूपमा खोलाले बगाएको  छ। बाढीपहिरोले पुर्ण क्षेती गरेको ६ घरका परिवारलाई राहात वितरण गरिएको  गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App