२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजापुरका ८ सय घर डुबानमाः सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

फाइल तस्बिर

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन्। 

स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार  र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए।  

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने कुरा पनि थाहा पाउन नसकेको गुनासो गरे। उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताए।  

त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमबार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताए। उनले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गरे। अन्य स्थानीहरु भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन्।  

गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरु बताउँछन्। उनीहरु गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन्।  

प्रकाशित: २५ आश्विन २०७९ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App