२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुई दिनदेखि सुर्खेत–कोहलपुर सडक अवरुद्ध

क्विउरेनीमा सडक अवरुद्ध हुँदा सवारीसाधन र मान्छेको भिड्। तस्विर : नागरिक

दुई दिनदेखि रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक पहिरोका कारण अवरुद्ध भएको छ। आईतवारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुलेको छैन्।

बीरेन्द्र नगरपालिका –११ विउरेनी र हर्रे डाडाँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। हर्रे डाँडाँमा पहिरो पन्छाए पनि विउरेनीमा पहिरो खस्ने क्रम नरोकिएका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।

डोजर एउटा मात्र भएकाले पहिरो पन्छाउने काम सुस्त भएको यात्रुहरुले आरोप लगाएका छन्। पहिरोका कारण सडकमा सवारी साधन र यात्रुहरुको बाक्लो भिड हुने गरेकाे छ। सुर्खेत कोहलपुर सडक खण्डमा गएको पहिरो हटाउने कार्य निरन्तर भईरहेको कर्णाली प्रदेश प्रमुख (एसपी) प्रज्वल महर्जनले बताए। 

सुर्खेत बसपार्कबाट सोमवार विहानबाट कोहलपुर तर्फ जाने गाडीहरु छुटेको छैन्। ४ दिनदेखि सुर्खेत-कोहलपुर सडक खण्डमा पहिरोले सडक अवरुद्ध हुँदै खुल्दै गरेको भएपनि आइतवार साँझदेखी पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

प्रकाशित: २४ आश्विन २०७९ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App