सँस्कृतिविद एवम् शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको छ।
किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।
उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।
१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ।
प्रकाशित: २४ आश्विन २०७९ ०५:१८ सोमबार