५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेमा राप्तीको बाढीले ठूलो क्षति

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाढीले वितण्डा मच्चाएको छ। राप्तीको बाढी पस्दा अधिकांश घरमा क्षति भएको छ।  

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, वडा नम्बर २ को माथेबास, कचनापुर, टिकुलीपुर, वडा नम्बर ३, वडा नम्बर ५, वडा नम्बर ६ र वडा नम्बर ७ मा बाढीले धेरै क्षति गरेको हो।  

राप्ती सोनारीको वडा नम्बर १ स्थित बाघखोर, बाडाटोल, बैरिया, शिवपुर, सौरी, जरुवा, खैरेनी, गाभर, सिक्टा, चप्परगौडी, लौकी, खोकरी, बक्सहवा, बसेरी, चुनाहा, भवानियापुर, अमुवा, बाँसखोली, बाँदरभरिया, भम्का, रानीगजेरी गाउँमा बाढी पस्नुका साथै केही घर तथा गोठ भत्काएको छ।

यस्तै बाढीले राप्ती सोनारी २ को टिकुलीपुरमा सबैभन्दा बढी क्षति गरेको छ। राप्तीको बाढीले उक्त वडाको अगैया, गोबारपुर, माथेबास, हरिहरपुर, महेन्द्रपुर, सम्शेरगन्ज, राजपुर लगायत गाउँ पनि डुबाएको छ।

प्रकाशित: २२ आश्विन २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App